जाजरकोट । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।
सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको बुलेटिन खबरका सम्वाददाताले जानकारी दिए । उनले भने, ‘पुन: भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।