बजारमा सुधारकाे सङ्केत, नेप्सेमा छायाे हरियाली


[ss_social_share]
लेखक : Mina pant      १ वर्ष अगाडि मा प्रकाशित     
बजारमा सुधारकाे सङ्केत,   नेप्सेमा छायाे हरियाली

आज  बजारमा सुधारकाे सङ्केत  देखिएकाे छ ।

आज बजार २१.३० अङ्कले बढेको हो । अघिल्लो साता देखि नै निरन्तर घटेको बजार आज भने २१.३० अङ्कले बढेर नेप्से परिसूचक १८४७.५४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा, आजको  बजारमा २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ४७ हजार २३१ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा  कारोबार रकम भने घटेर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार भने सामान्य गिरावट आएको छ  ।

आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमा हरियाली छाएको छ । साताको  दोस्रो   कारोबार दिन  सोमबार  क्रमशः  बढीरहेका  उपसमुहगत सूचकहरु   निम्न अनुसार छन

  • Hotels And Tourism 3.37% 
  • Trading Index   2.74%
  • Non Life Insurance  2.36%
  • Others                       1. 98%
  • Manufacturing And Processing    1.38%
  • Hydropower           1.35 %
  •  Development Bank  1.21%

Life Insurance  1.19%   बढेको छ, भने  बाँकी  आज सबै सूचकमा हरियाली छाउँदा  Mutual Fund    0.27% ,Finance Index  0.82% ,    र  Banking Sub Index  0.54 % भने    सबैभन्दा कम  Microfinance Index  ०.२६ प्रतिशतले  बढेको छ ।

आजको बजारमा  सर्वाधिक कमाउनेतर्फ   हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९८ प्रतिशतले बढेर ३६५ रुपैयाँ ८० पैसा पुगेको छ । केही समयअघि प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गरेको कम्पनीका लगानीकर्ताले  नाफा आर्जन गरेका छन् ।  यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९६ प्रतिशत,आशा लघुवित्तको ६.१६ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ५.८८ प्रतिशत, माइखोला हाइड्रोापावरको ५.८२ प्रतिशतले बढेको छ ।  सोमबार सर्वाधिक गुमाउने मध्ये लक्ष्मी लघुवित्त, विन लघुवित्त र एनआइसी लघुवित्त रहे । ती कम्पनीको मूल्य २, ३, ४ प्रतिशतको हाराहारीमा घटेका छन् ।

यसैगरी सोमबार कारोबार रकमका आधारमा सोल्टी होटलको सर्वाधिक ६ करोड ४३ लाख २० हजार राबरको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ५ करोड ६२ लाख ३ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट नेपालको ३ करोड ७८ लाख ३९ हजार रुपैयाँ, हिमालयन बैंकको संस्थापक सेयर ३ करोड ५८ लाख ४८ हजार र मञ्जुश्री फाइनान्सको २ करोड ३९ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सोमबारको  कुल बजार पुँजीकरण २८ खर्ब ४६ अर्ब १ करोड १२ लाख रुपैयाँमा समेटिएको छ । आइतबारको बजार पुँजीकरण २८ खर्ब १३ अर्ब १९ करोड २७ लाख रुपैयाँ थियो ।