साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारले ओरालो यात्रा समातेको छ । अघिल्लो साता पनि निरन्तर घटेको बजार आज थप २१.४६ अङ्कले घटेर नेप्से १८२६.२३ विन्दुमा बन्द भएको छ।गत साता ५६.१४ अंकले घटेको बजारमा यो साता सुरुवातमा नै उच्च अंकको गिरावट देखिएको हो । आजको बजारमा बजारमा २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर ३९ हजार ३२२ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९७ करोड २३ लाख ६७ हजार २७९ रुपैयाँमा समेटिएको छ ।
अघिल्लो कारोबारको दिन कुल ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ पुगेको छ । बजार घटिरहँदा पनि कारोबार भने लगातार बढ्दै गरेको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये Hotels And Tourism 0.३८% ले बढेको छ बाँकी १२ वटा घटेका छन् छ ।
साताको पहिलो कारोबार दिन आइतबार क्रमशः घटिरहेका उपसमुहगत सूचकहरु निम्न अनुसार छन
Non Life Insurance १.१८ % र Mutual Fund को उपसमुहगत सूचक १% भन्दा धेरैले घटेका छन् ।
आज सर्वाधिक कमाउनेतर्फ एनआईसी एसिया लघुवित्त र तारागाउँ होटल रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढी वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये हिमालय लघुवित्त, बाराही हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो र सबैको लघुवित्त रहे । ती कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
दशैंको बिदा पछि मात्रै बजारमा पाँच दिनमा ७८ अङ्कको गिरावट आइसकेको छ ।