एक साताभरमा ५६ अंकले घट्यो नेप्से, बिहीबार पनि नेप्सेमा गिरावट


[ss_social_share]
लेखक : Mina pant      १ वर्ष अगाडि मा प्रकाशित     
एक साताभरमा ५६ अंकले घट्यो नेप्से, बिहीबार पनि नेप्सेमा  गिरावट

यो एक साता  भरिमा  सेयर बजार NEPSE   Index ५६.१४ (१.३१%) अंकले घटेर १८४४.७० अंकमा झरेको छ। आइतबार १९०२.८४ बिन्दुमा खुला भएको बजार सूचक सोमबार बाहेक चार वटै कारोबार दिनमा ओरालो लागेको हो। आइतबार २८.१८, मंगलबार १४.२९, बुधबार ५.८३ र बिहीबार १०.८६ अंकले घटेको बजार सूचक नेप्से सोमबार ३.०४ अंकले बढेको थियो ।  एक साता भरिमा औषत  जम्मा २९  लाख ८१ हजार  ६६५ काराेबार भएको थियो,  भने    १कराेड ४९ लाख ८ हजार ३२७  किता सेयर  काराेबार भएको थियो।

कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये एक साता  भरिमा  सबैभन्दा बढी  ओरालो  लागेका उपसमुह  तल  रहेका छन।

  •   Mutual fund -६.४९%,
  • Trading index -५.६९ %,
  •  Hydropower index -४.५0%

सबैभन्दा कम ओरालो  लागेका उपसमुहहरु

  • Hotels And Tourism Index -0.८0% ,
  • Investment Index -१.९६

माथिको एक साता भरिको कारोबारमा सवैभन्दा बढी आइतबार NEPSE   index २८.१८ अङकले घटेको छ भने सबैभन्दा कम बुधबार ५.८३ अङकले घटेकाे बजार Nepse index सोमबार भने ३.०४ अङकले बढेको छ , भने उपसमुह  अन्तरगत सबैभन्दा बढी  Mutual fund -६.४९%, र सबैभन्दा कम   Hotels And Tourism Index -0.८0 % ,ओरालो  लागेको थियो  ।

 

बिहीबारको बजारमा २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर ४५ हजार ७६३ वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँमा समेटिएको छ। अघिल्लो दिन बुधबार २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर कारोबार भएको थियो। बुधबारको तुलनामा १५ करोड २४ लाख रुपैयाँले दैनिक कारोबार रकम वृद्धि भएको हो ।

बिहीबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढ्दा म्यानुफ्याक्चरिङ उपसूचक ०.०७ प्रतिशतले बढ्यो । आज म्युचुअल फन्ड उपसमूह सर्वाधिक ४.६३ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ३.०५ प्रतिशत, हाइड्रो उपसूचक १.१ प्रतिशत र फाइनान्स उपसूचक १.०५ अङ्कले घटे ।

दशैंको बिदा पछि आइतबार खुलेको बजारमा पाँच दिनमा ५७ अङ्कको गिरावट आइसकेको छ ।