बुधबार ५.८३ अङ्कले घट्यो बजार, कारोबारमा भने सुधार


[ss_social_share]
लेखक : Mina pant      १२ महिना अगाडि मा प्रकाशित     
बुधबार ५.८३ अङ्कले घट्यो बजार, कारोबारमा  भने  सुधार

बुधबार सेयरबजारमा सामान्य गिरावट आउँदा कारोबारमा भने सुधार देखिएको छ ।

साताको चौथो कारोबारदिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार सूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा झरेको हो ।

बुधबारको बजारमा २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ७७ हजार ८७० वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार ५७ करोड १४ लाख ८३ हजारको कारोबार भएकोमा २४ करोड ६ लाख रुपैयाँले दैनिक कारोबार रकम वृद्धि भएको हो । मंगलबार बजार सूचक नेप्से १४.२९ अंकले घटेको छ ।

कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये ब्यापार बाहेक १२ वटै ऋणात्मक बनेका छन् । Investment Index ०.०८ प्रतिशतले बढेको छ ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.०१ प्रतिशत, Manufacturing And Processing  ०.९८ प्रतिशत र Microfinance Index ०.७ प्रतिशतले घटे । अन्य सबै उपसमूह राताम्मे भएपनि आज लगानी उपसमूह भने झिनो अङ्कले बढेको छ  ।

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा लगातार चौथो कारोबार दिन समेत करिब नकारात्मक सर्किट लेबलमा घट्दा आईपीओभन्दा तल अर्थात् २३४ रुपैयाँ ८० पैसामा झरेको छ ।

दशैंको बिदा पछि आइतबार खुलेको बजारमा चार दिनमा ४७ अङ्कको गिरावट आइसकेको छ ।

बुधबारको गिरावटपछि कुल बजार पुँजीकरण ८ अर्ब ९९ करोड रुपैयाँले घटेर २८ खर्ब ६२ अर्ब ९९ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ । मंगलबारको बजार पुँजीकरण २८ खर्ब ७१ अर्ब ९८ करोड ७९ रुपैयाँ थियो ।

बुधबार कारोबारमा आएकामध्ये  ६८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । १६२ वटा कम्पनीको घट्यो भने ८ वटाको सेयर मूल्य स्थिर छ ।