सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अंकले घटेर १ हजार ८ सय ६४.४० अंकमा ओर्लेर बन्द भएको छ ।
आजको बजारमा २८६ कम्पनीका २ २ लाख ५ ८ हजार १८ ७कित्ता सेयर २ ५ हजार ६२५वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ ७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता सेयर ३० हजार २३७ वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँ बराबर थियो । आज दिनभरमा कम्पनीको २५ हजार १०९ कित्ता सेयर ६४ लाख ११ हजार ४४३ रुपैयाँमा खरिद बिक्री भएको छ ।
दसैंपछिको तीन कारोबार दिनमा आइतबार र मंगलबार उच्च गिरावट आउँदा सोमबार समान्य मात्र नेप्से बढेको थियो । आइतबार २८.१८ अंकले घटेको नेप्से सोमबार ३.०४ अंकले बढेपनि मंगलबार पुनः १४.२९ अंकले ओरालो लागेको हो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकहरु क्रमशः ऋणात्मक बनेका छन् ।जीवन बीमाको इन्डेक्स सर्वाधिक १.४६ प्रतिशतले घटेको बजारमा विकास बैंक ०.८५ प्रतिशत, लघुवित्त ०.८४ प्रतिशत, फाइनान्स ०.७९ प्रतिशत, जलविद्युत ०.७८ प्रतिशत र बैंकिङ्ग ०.७४प्रतिशतले घटेको छ ।
प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा लगातार तेस्रो कारोबार दिन नकारात्मक सर्किट लागेर प्रतिकित्ता २५५ रुपैयाँ २० पैसामा झरेको छ ।अंकित मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य लगातार तेस्रो दिन नकारात्मक सर्किट लागेको छ ।
करिब तीन साता अघि राष्ट्र बैंकले परिमार्जन गरेको नीतिगत व्यवस्था लगानीकर्ताले नरुचाएपछि नेप्से लगातार घटिरहेको छ ।मंगलबार कारोबारमा आएकामध्ये ३८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । १९३ वटा कम्पनीको घट्यो भने ७ वटाको सेयर मूल्य स्थिर छ ।