बाराको कलैयामा गोली चल्यो, एकजना घाइते


[ss_social_share]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
बाराको कलैयामा गोली चल्यो, एकजना घाइते

काठमाडौं । बाराको कलैयामा गोली चलेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे ।

कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।