धनगढी, ६ जेठ। धनगढी उपमहानगरपालिका–६ मा नेकपा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ ।
उपमहानगरपालिकाको उक्त वडाको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका हुन् ।
उनले ९५३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईश्वरीजंग बमले ७०४ मत पाएका छन् ।