सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि


[ss_social_share]
लेखक : Mina pant      २ वर्ष अगाडि मा प्रकाशित     
सोमबार  नेप्से परिसूचकमा सामान्य वृद्धि

दसैंपछिको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो दिन २८ अंकको भारी गिरावट आएको बजारमा आज  भने कारोबारको अन्तिम समयमा ३.०४ अंकको झिनो वृद्धि सहित बन्द भएको हो ।

आजको बजारमा २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता सेयर ३० हजार २३७ वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार २८३ कम्पनीका २७ लाख १२ हजार १२३ कित्ता सेयर ३४ हजार ९० वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ७४ करोड २९ लाख २५ हजार बराबर थियो ।अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५ करोडले घटेको हो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये तीन वटा क्रमशःManufacturing And Processing  0.08% , Hotels And Tourism  0.42%, र Mutual Fund 0.46% ले  घटेको छ भने बाँकी दशवटा सूचक बढेका छन। Non Life Insurance 0.86% ले बढेको छ Microfinance 0.80% र Development Bank  0.74% ले बढेको छ

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा दोस्रो दिन नकारात्मक सर्किट लागेर प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसामा झरेको छ । अंकित मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य लगातार दोस्रो दिन नकारात्मक सर्किट लागेर घटेको हो । आज कम्पनीको ११ हजार ५५७ कित्ता सेयर ३२ लाख ७९ हजार ३०१ रुपैयाँमा खरिद बिक्री भएको छ ।
करिब तीन साता अघि राष्ट्र बैंकले परिमार्जन गरेको नीतिगत व्यवस्था लगानीकर्ताले नरुचाएपछि नेप्से लगातार घटिरहेको थियो ।तर, सोमबार बजारले सुधारको संकेत देखाएको हो ।सोमबार कारोबारमा आएकामध्ये १२८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९७ वटा कम्पनीको घट्यो भने १४ वटाको सेयर मूल्य स्थिर छ ।