सोनापुर मिनरल्सको शेयरमा दोस्रो दिन पनि नकारात्मक गिरावट


[ss_social_share]
लेखक : Mina pant      १ महिना अगाडि मा प्रकाशित     
सोनापुर मिनरल्सको शेयरमा दोस्रो दिन पनि नकारात्मक गिरावट

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) को शेयर दोस्रो दिन पनि नकारात्मक  गिरावट मा कारोबार भइरहेको छ। हिजो अर्थात आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयर सोही दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

आइतबार स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको यस कम्पनीको शेयरमूल्य सो दिन १० प्रतिशत घटेर ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आज पनि बजार खुले लगत्तै घटेको यस कम्पनीको शेयरमूल्य अहिले १० प्रतिशत अर्थात ३१ रुपैयाँ ५० पैसा घटेर २८३ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

आइतबारजस्तै यस दिन पनि कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको छ भने खरिद शून्य रहेको छ।