दसैं पछिको पहिलो दिनमै नेप्से २८ अंकले घट्यो, सोनापुरको सेयरमा नकारात्मक गिरावट


[ss_social_share]
लेखक : Mina pant      १ वर्ष अगाडि मा प्रकाशित     
दसैं पछिको पहिलो दिनमै नेप्से २८ अंकले घट्यो, सोनापुरको सेयरमा नकारात्मक  गिरावट

नेपालीहरुको महान चाड बडा दसैंको ९ दिन विदापछि आइतबार खुला भएको सेयर बजारमा पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।

नेप्सेका अनुसार आज बजार सूचक नेप्से २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा झरेको हो ।कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे भएको बजारमा ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१६ अंकले घटेर ३६१.९४ बिन्दुमा अडिएको छ । आजको बजारमा २८३ कम्पनीका २७ लाख १२ हजार १२३ कित्ता सेयर ३४ हजार ९० वटा संङ्ख्यामा खरिद बिक्री भएका छन्। आइतबार कारोबार रकम ७४ करोड २९ लाख २५ हजार ३९३ रुपैयाँमा समेटिएको छ ।

दसैं बिदा सुरु हुनु अघिको साता प्राय सबै दिन ओरालो लागेको नेप्सेले लामो बिदापछि पनि सोही प्रवृत्ति पछ्याएको हो । करिब तीन साता अघि राष्ट्र बैंकले परिमार्जन गरेको नीतिगत व्यवस्था लगानीकर्ताले नरुचाएपछि नेप्से लगातार घटिरहेको थियो । यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ ।

पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत असोजमा बढाएको  थियो। आइतबार ३४ हजार ९० वटा कारोबारबाट २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच भएको छ ।

पहिलो दिनमा  कारोबार खुलेको सोनापुर सिमेन्टको सेयर मूल्यमा नकारात्मक गिरावट लागेर प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको छ । अंकति मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य नकारात्मक गिरावटमा लागेर घटेको हो ।