कन्नड टेलिभिजन अभिनेत्री चेतना राजको बैङ्लोरको एक निजी अस्पतालमा मृत्यु भएको छ । उनले आफ्नो तौल घटाउनका लागि एक शल्यक्रिया गराएकी थिइन्, जसको कारण उनको स्वास्थ्य खराब भएको थियो ।
चेतना राज कन्नड टेलिभिजनको ‘गीता’ र ‘दोरस्वामी’ जस्तो लोकप्रिय टेलिशृंखलामा काम गरिसकेकी छिन् ।
‘फ्याट फ्रि’ प्लास्टिक सर्जरीका लागि उनी मे १६ मा अस्पताल भर्ना भएकी थिइन् । यद्यपि ‘फ्याट फ्रि सर्जरी’ योजना अनुरुप हुन सकेन । सोही साँझ उनको स्थिती असामान्य बन्दै थियो । त्यसबेला उनको फोक्सोमा पानी जम्न थालिसकेको थियो ।
उनको स्वास्थ्य स्थिती जटिल बन्दै गएपछि तुरुन्तै अर्को अस्पताल लगिएको थियो । मृतक अभिनेत्रीको परिवारले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै प्रहरीमा उजुरी गरेको छ ।
चेतनराजको अवस्थाबारे पहिलो पटक चिकित्सकले प्रहरीलाई जानकारी गराएका थिए । उनीहरुका अनुसार अर्को अस्पतालका एनेस्थेसिया विशेषज्ञले चेतनराजलाई ‘अचेत अवस्थामा’ उनको अस्पतालमा प¥याएका थिए । ति एनेस्थेसिया विशेषज्ञले सुरुमा चेतनरालाई हृदयघात मात्रै भएको बताएका थिए ।
मिडिया रिपोर्टका अनुसार चेतनाको गत सोमबार कस्मेटिक सर्जरी अस्पतालमा लिपोसक्सन गरिएको थियो । लिपोसक्सन शरीरको अतिरिक्त वोसो हटाउने प्रक्रिया हो । चिकित्सकहरुले लिपोसक्सनको बारेमा गंभीर चिन्ता व्यक्त गरेका छन् । लिपोसक्सनको कारण फोक्सोमा बोसो ग्लोब्युल पस्न सक्ने चिकित्सकहरु बताउँछन् ।
खासगरी लिपोसक्सन एक चिकित्सा विधी हो, जसको माध्यामबाट चिकित्सकले शरीरका ती भागहरुबाट मोटोपन घटाउँछन् जहाँ यसलाई सार्न सकिदैन । जस्तै, तिघ्रा, नितम्ब, पेट । यसको परिणाम लामो समयसम्म रहन्छ । तर, अहिले यसको साइड इफेक्टलाई हेरेर भनिएको छ, लिपोसक्सनले कहिलेकाहीँ गलत परिणाम दिन्छ ।