ओखलढुङ्गाका कैदी बन्दीलाई सांसद खतिवडाले दिए खसी उपहार


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
ओखलढुङ्गाका कैदी बन्दीलाई सांसद खतिवडाले दिए खसी उपहार

ओखलढुङ्गा । नेपाली कांग्रेसका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गा जिल्ला कारागारका कैदी बन्दीलाई दसैँमा खसी उपहार दिएका छन् ।

पहाडी क्षेत्रका कैदी बन्दीलाई दसैँको बेला कसैले नहेर्ने भएकोले उनीहरूलाई दसैँ पर्व खल्लो महसुस नहोस् भन्ने उद्देश्यले खसी उपहार दिएको उनले बताए ।

महिला कैदी बन्दीले जेल साह्रै साँघुरो भएको गुनासो गरेपछि महिला कैदी बन्दीका लागि जेल भवन बिस्तार गर्नका लागि आफूले पहल गर्ने सांसद खतिवडाले बताए ।
जिल्ला कारागार भ्रमणका क्रममा २५ जना कैदी अट्ने जेलमा ८१ जनासम्म कैदी राखिएकोले जेल भवन विस्तार गर्नुपर्ने देखेकोले त्यसको विस्तारका लागि पहल गर्ने उनले बताए ।

उनले भने–‘महिला कैदी बन्दीका लागि पनि असाध्यै सानो ठाउँ, बिजोग रहेछ, मेरो तर्फबाट ४० किलो जतिको एउटा खसी दिएँ । पहाडी क्षेत्रमा रहेका जेलका कैदी बन्दीलाई दसैँको बेला कसैले सम्झँदैनन् । उनीहरूको दसैँ खल्लो नहोस् भनेर सहयोग गरेको हुँ ।’

बुवा बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेका कारण जिल्लाका शुभकामना आदानप्रदान र भेटघाटका कार्यक्रम कोट्याएर आफू काठमाडौँ फर्किएको सांसद खतिवडाले बताए ।