शुशासन युक्त र भ्रष्टाचार मुक्त बनाउने छौं – नबनिर्बाचित मेयर भट्ट


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
शुशासन युक्त र भ्रष्टाचार मुक्त बनाउने छौं – नबनिर्बाचित मेयर भट्ट

धनगढी, ६ जेठ/ गोदावरी नगरपालिकाका नब निर्बाचित मेयर बिरेन्द्र भट्टले नगरबासीको सेबक भएर काम गर्ने बताएका छन । बिहीवार नगरपालिकाका नब निर्बाचित जनप्रतिनिधीहरुको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘निर्बाचित जनप्रतिनिधीको काँधमा  ठुलो जिम्मेवारीए आएको छ । हामी जनताबाट अनुमोदित हुँदै गर्दा हामीले जनताको माथि हामीले शासक बनेर होइन सेबक बनेर काम गर्ने हो,’ उनले भने,’ जनताका आबश्यकतालाई मध्य नजर गर्दै यस गोदावरी नगरपालिकालाई कसरी समृद्द पार्न सकिन्छ यसका निमित्त एउटा प्लानिङ गरेर बिज्ञ टोली गठन गरेर काम गर्ने छौं ।’

उनले गोदावरी नगरपालिकालाई शुशासन युक्त र भ्रष्टाचार मुक्त पार्ने समेत दाबी गरे ।