अर्थसमिति सञ्चालन कार्यविधि स्वीकृत


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
अर्थसमिति सञ्चालन कार्यविधि स्वीकृत

निर्धारित समयको ३० मिनेटमा बैठक सुरु हुन नसके सभापतिले स्थगित गर्नसक्ने

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले अर्थसमिति सञ्चालन अकार्यविधि मस्यौदामाथि दफावार छलफलपछि स्वीकृत गरेको छ । सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि, २०८० सर्वसम्मतिले पारित भएको बताए ।

अर्थसमिति सञ्चालन कार्यविधि स्वीकृत 

उनले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताए । बैठकको कार्यसूचिबारे ४८ घण्टाअगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ । ‘बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्त्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको छ’ चालिसेले भने । उनले समितिका ५ भन्दा बढी बैठकमा नआउने सदस्यहरुलाई स्पष्टिकरण सोधिने बताए ।

समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन् । त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउन्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन् ।