पाल्पा — चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण भएको भन्दै लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालका १ सय भन्दा बढी चिकित्सकहरू बिहिबार आन्दोलनमा उत्रिएका छन् । उनीहरू काम छाडेर सुरक्षा माग गर्दै तानसेन बजारका सडकमा उत्रिएका छन् ।
मेडिकल कलेजका कन्सल्ट्यान्ट चिकित्सक, आवासीय चिकित्सक, इन्टर्नका साथै स्वतःस्फूर्त रुपमा एमविविएस पढ्दै गरेकाहरू नारा जुलुस गर्दै सडकमा ओर्लिएका हुन् ।
चिकित्सकहरू आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको बताएका छन् । सुनियोजितरुपमा विभिन्न स्थानमा गरिएका सांघातिक आक्रमणबाट ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेको आवासीय चिकित्सक डा उज्जवल ठोकरले बताए ।
तानसेन बसपार्कमा भेला भएका चिकित्सकहरू तानसेन नगरपालिका, टुँडिखेल, भीमसेनटोल, नारायणटोल, पाल्पा अस्पताल, लहरेपिपल हुादै पुनः टुाडिखेलमा आएका थिए सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने डा ठोकरले बताए ।