राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण


[ss_social_share]
लेखक : admin      १० महिना अगाडि मा प्रकाशित     
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण

काठमाडौं, असोज १० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार शपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ ।