काठमाडौं — सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी अधिकृतमा चितवनका कविराज अधिकारीलाई नियुक्त भएका छन् । उनी खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट भएका हुन् ।
बोर्डका अध्यक्ष केवलप्रसाद भण्डारीको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषको कार्यकारी अधिकृतमा अधिकारीलाई नियुक्ति दिएको हो । बोर्डले खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्न गत साउन १६ मा कार्यकारी अधिकृतको लागि आवेदन माग गरेको थियो ।
यसमा पदावधि ५ वर्षको हुनेछ । अधिकारी एक वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट सेवानिवृत्त हुन् ।