बेलाैरीका समाजसेवी इञ्जिनियर बिष्टद्धारा गरिब जेहेन्दार विद्यार्थीलाई उच्चशिक्षा निशुल्क


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बेलाैरीका समाजसेवी इञ्जिनियर बिष्टद्धारा गरिब जेहेन्दार विद्यार्थीलाई उच्चशिक्षा निशुल्क

बेलाैरी, ५ जेठ/बेलाैरीका युवा समाजसेवी एवम् इञ्जिनियर दिपेन्द्र बिष्टले महाकाली मा.विमा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा निशुल्क अध्ययन गराउने उद्घाेष गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा उनलेे यस्तो उद्धाेष गरेका हुन् । उनले महाकाली माविमा अध्ययनरत जेहन्दार छात्रा सम्झना गिरीकाे कक्षा ११/१२ मा लाग्ने सम्पूर्ण शुल्क आफुले तिर्ने गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसअघि पनि बिष्टले जन्मदिनकै अवसरमा शान्ति मावि शान्तिपुरमा दुई जना छात्र र उग्रतारा विद्यालयमा दुई गरि चार जना गरिब जेहेन्दार छात्रछात्राकाे अभिभावकत्व ग्रहण गरिरहेका छन् । २०३६ साल जेष्ठ ५ गते बुवा अमिर बिष्ट र आमा यसाेदा देवी बिष्टकाे काेखबाट कान्छो सन्तानका रुपमा जन्मिनु भएका बिष्टले प्रारम्भिक शिक्षा बेलाैरीमै गरेपनि उच्च शिक्षा काठमाडौंबाट गरेका थिए ।

राजधानीमा इञ्जिनियरिङ्ग शिक्षा अध्ययन गरेका बिष्ट विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध भएपनि एक असल एवम् सफल युवा उद्यमीका रुपमा चिनिन्छन् । उनले दक्षिणी क्षेत्रका जनतालाई सस्तो सुलभ मुल्यमा स्वास्थ्य उपचार सेवा दिन जगदम्बा अस्पतालकाे थालनी समेत गरेका छन् । यस्तै, झण्डै ४० लाखकाे व्यक्तिगत लगानी गरी बेलाैरीकाे भकुण्डा आर्यघाटमा विश्राम घर समेत निर्माण गरेका विष्ट वेसहाराहरुकाे सहारा बन्दै आएका छन् ।

उनले विभिन्न वृद्धाश्रममा रहेका बृद्धहरुलाई समेत बेला बखत सहयोग गर्दै आइरहेका छन् । पछिल्लोपटक काेभिड् १९ काे संक्रमणकालीन अवस्थामा निशुल्क स्वास्थ्य सामग्री वितरण देखि अक्सिजन सिलिन्डर अभियान जुटाएर बिष्टले बेलाैरीका कयौं सर्वसाधारणकाे ज्यान जाने जाेखिमबाट जगाए । यतिमात्र नभइ इञ्जिनियर बिष्टले बेलाैरीकाे सर्वाङ्गीण विकासका लागि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।