सेयर बजारमा कारोबारसँगै परिसूचक पनि घट्यो


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
सेयर बजारमा कारोबारसँगै परिसूचक पनि घट्यो

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनमा ५.८ अंक घटेर २००४ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यसअघि हिजो २ अर्ब ३२ करोडको कारोबार भएको थियो ।

यस दिन बैंकिङ ४, विकास बैंक ४, फाइनान्स १, होटल तथा पर्यटन ३४, जीवन बीमा ७९, उत्पादन तथा प्रशोधन २३, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ५५, अन्य ३ र व्यापार उपसमूह ६ अंक घटे । जलविद्युत् उपसमूह भने १९ अंक बढ्यो ।

माइखोला हाइड्रोपावर, एसियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढ्यो । शुभम् पावर, थ्रीस्टार हाइड्रोपार र अपर लोहोरेखोलाको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।