मुम्बई— बलिउड फिल्मकर्मी सोहेल खान अहिले निजी जीवनका कारण चर्चामा छन् । सोहेल र सीमा सचदेव खानको २४ वर्षे वैवाहिक जीवनमा पूर्ण विराम लागेको छ । दुबैले एक–अर्कासंग छुट्टिने निर्णय गरेका छन् ।
त्यस्तै, सीमा खानसंग छुट्टिएपछि सोहेल खानको दोस्रो विवाहको चर्चा चलेको छ । सीमाभन्दा पहिला सोहेलले पुजा भट्टलाई डेट गरिरहेका थिए । दुवैको विवाहको योजना पनि बनाएका थिए । तर त्यस्तो हुन पाएन । सन् १९९५ मा एउटा पत्रिकालाई दिएको अन्तर्वातर्चामा पुजाले सोहेलसंग आफ्नो सम्बन्धको बारेमा बताएकी थिइन् ।
पुजाले आफु सोहेलको परिवारसंग सहज भएको बताएकी थिइन् । पुजा भन्छिन् – ‘मलाई सोहेलको घरमा एकदम रमाइलो लाग्छ । मेरो यो घरसंग समबन्ध छ भन्ने महसुस गराइन्छ । त्यहाा मसंग कुनै किसिमको प्रश्न गरिँदैन, त्यसैले त्यहााका सबैलाई म सम्मान गर्छु । उनीहरुले मेरो हरेक कुरा मन पराउाछन् । उनीहरु मेरो परिवार जस्तै हो ।’
पुजा भन्छिन् – हाम्रो सम्बन्ध धेरैलाई मन पर्दैन भन्ने थाहा छ, तर म प्रतिक्रिया जनाएर समय खेर फ्याँक्न चाहन्न । विवाह निश्चित रुपले मेरो दिमागमा छ तर सोहेल एउट निर्देशकको रुपमा नयाा करियरको शुरुवात गर्दैछन् । विवाहको अन्तिम निर्णय गर्नु अगाडि म दुई वर्ष प्रतिक्षा गर्न चाहन्छु । हामी एक अर्कासंग बस्न चाहन्छौं ।’
यद्यपि सोहेल र पुजा भट्टको सम्बन्ध लामो समय चलेन । सोहेल खानले १९९८ सीमा खान विवाह गरेका थिए । दुवैको दुई छोरा छन् । अब यी दुवैको सम्बन्ध विच्छेद हुँदैछ । यसैबीच सोहेलसंग पूजा भट्टको विवाह हुने कुराको चर्चा चल्न थालेको छ ।