थप ८ जनामा कोरोना संक्रमण, १९० जना सक्रिय संक्रमित


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
थप ८ जनामा कोरोना संक्रमण, १९० जना सक्रिय संक्रमित

२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९३ जनाको पीसीआर परीक्षणमा ६ जना र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १५१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् ।