‘इन्टरनेट डिसअर्डर’ बाट कसरी जोगिने? (भिडिओ)


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
‘इन्टरनेट डिसअर्डर’ बाट कसरी जोगिने? (भिडिओ)

इन्टरनेट धेरै चलाएर दैनिक काममै असर पर्नु नै ‘इन्टरनेट डिसअर्डर’ हो। यस्तो भएपछि इन्टरेनटको सुविधा नपाएको बेलामा समेत यसकै बारेमा सोचिरहने, इन्टरनेटमा बिताउने समय बढ्दै जाने, साथीभाइहरूसँगको समय कम हुँदै जाने हुन्छ। इन्टरनेटले गर्दा सम्बन्धमा समस्या आउने, काममा असर पर्ने, पढाइमा प्रभाव पर्ने हुन्छ। इन्टरनेट हाम्रो लागि अनिवार्यजस्तै भएको छ तर यसको गलत र अनावश्यक प्रयोगले हानी समेत पुर्‍याएको छ।

प्रतिदिन ८ घण्टा या त्योभन्दा बढी मोबाइलमा केन्द्रित भइयो भने, यसले निन्द्रामा समेत असर पार्‍यो भने त्यो इन्टरनेटको बढी प्रयोग हो। इन्टरनेटकै कारण बच्चाले आमासँगको समय पर्याप्त पाएको छैन। यसले बच्चाको सोच्न सक्ने क्षमतामा समेत असर परेको अनुसन्धानले देखाएको छ। ‘इन्टरनेट डिसअर्डर’ कै कारण मानिस क्रोनिक डिप्रेसनमा समेत परेको छ। यसले एउटा विकराल रूप लिने खतरा छ। इन्टरनेटकै कारण मन आत्तिने डराउने समस्या बढेको छ। विशेष गरेर कोभिड-१९ को समयमा मोबाइलमा बच्चाहरू धेरै भुल्न थालेका हुन्। उनीहरूको त्यो बानी अहिले पनि उस्तै छ।

इन्टरनेटको बढी प्रयोगले बच्चाको पढाइ खस्किँदै गएको छ। हिजोआज बच्चाहरूलाई उनीहरूको इच्छा, चाहना सोध्यो भने मोबाइलमात्रै चलाउने हुन्छ।

इन्टरनेट डिसअर्डरको उपचार थेरापी र औषधीबाट गराइन्छ। इन्टरनेटको प्रयोगले फाइदा बेफाइदा के भइरहेको छ भन्ने अनुसन्धान गरिन्छ। बच्चाको हकमा पनि विभिन्न खालका अनुसन्धान गरिन्छ।

इन्टरनेटको अत्यधिक प्रयोगले परिवार र साथीहरूसँग घुम्न जाँदा खुसी हुने क्रम घटेको छ। त्यसको सट्टा हामी इन्टरनेटमा रमाउन थालेका छौं। त्यसैले हामी स्वयंले इन्टरनेटको धेरै प्रयोगलाई घटाउन जरूरी छ।

(मानसिक रोग विशेषज्ञ डा रोबर्ट सिंह महर्जन नेपाल नेसनल हस्पिटल, भेनस हस्पिटल र भक्तपुर इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्।)