पेप्सीकोलामा सवारी दुर्घटनाका घाइतेलाई वीर अस्पताल लगियो [अपडेट]


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
पेप्सीकोलामा सवारी दुर्घटनाका घाइतेलाई वीर अस्पताल लगियो [अपडेट]

काठमाडौँ — पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । काठमाडौंको पेप्सिकोलास्थित गुडिरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएको प्रहरी वरीष्ठ नायव निरीक्षक टंकप्रसाद शिवाकोटीले जनाए ।

घाइते सबैलाई वीर अस्पताल लगिएको उनले बताए । बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।