पाकिस्तानविरूद्ध नेपाललाई चौथो सफलता


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
पाकिस्तानविरूद्ध नेपाललाई चौथो सफलता

एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरूद्धको खेलमा नेपालले बलिङ गरिरहेको छ।

मुल्तानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको नेपालले चार विकेट लिइसकेको छ।

पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए।

यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।

विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।

यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिडमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

खेलमा पाकिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन जोडेको छ।