सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

५ जेठ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १ हवा २५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।