९ स्थानीय तह रहेको डोटीमा नेपाली काँग्रेसले दुई नगरपालिका र पाँच गाउँपालिका गरी जम्मा ७ पालिकाको नेतृत्व पाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले डोटी जिल्लामा सानदार नतिजा ल्याएको हो ।
२०७४ को स्थानीय तहमा एउटा नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको काँग्रेसले यो पटक थप चार पालिकाको नेतृत्वमा जित हासिल गरेको हो । २०७४ को निर्वाचनमा एमालेले एउटा नगरपालिका र चार गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व जितेको थियो भने एउटा पालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले जितेको थियो ।
हालै सम्पन्न निर्वाचनमा एमालेले डोटीको एउटा नगरपालिका र एउटा गाउँपालिकाको नेतृत्वमा मात्र जित हासिल गरेको छ । माओवादी केन्द्रले एउटा पालिकाको नेतृत्व पाएको छ ।
नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको गृह जिल्ला पनि हो डोटी । पर्यटन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले पनि डोटीकै हुन् ।
डोटीका ९ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी १८ पदमध्ये नेपाली काँग्रेसले १५ पदमा जितेको छ ।