राजस्व चुहावटको आरोपमा मालपोत अधिकृत सहित ६ जनाविरुद्ध मुद्दा दायर


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
राजस्व चुहावटको आरोपमा मालपोत अधिकृत सहित ६ जनाविरुद्ध मुद्दा दायर

राजस्व चुहावटको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले मालपोत कार्यालयको वीरगंजको रजिष्ट्रेशन फाँट (क) र ग) बाट २०७३ साल साउन २ गते रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना गरेको आयोगले जनाएकोे छ । तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट ४ लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको देखिएको छ ।

उनीहरूविरूद्ध बिगो र त्यसको शतप्रतिशत जरिवाना हुनुपर्ने दाबीसिहत आज विशेष अदालतममा मुद्धा दायर गरिएको हो । मुद्धा दायर हुनेहरुमा मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र ना.सु. लेखनाथ भट्टराई रहेका छन् ।

प्रतिवादी रामेश्वर प्रसाद साहलाई विगो ३ लाख ८७ हजार रुपैयाँ कायम गरी सोही दोब्वर जरिवाना हुने रकम .७ लाख ७४ हजार रुपैयाँ मध्ये असुल भएको रकम २२ हजार १९५ रुपैयाँ घटाई हुन आउने रकम .७ लाख ५१ हजार ८०९ रुपैयाँ जरिवाना गर्न माग गरिएको छ । यस्तै प्रतिवादी कमोद तिवारीलाई २३ हजार ४९५ रुपैयाँ जरिवाना गर्न माग दाबी गरिएको छ भने प्रतिवादी चन्द्र बहादुर भण्डारीलाई विगो ४ लाख ७८ हजार ८०८ रुपैयाँ जरिवाना गर्न माग गरिएको छ ।

यस्तै लेखनाथ भट्टराईलाई ३९ हजार ५७ रुपैयाँ, प्रतिवादी हरिनारायण मिश्रलाइ .६१ हजार २४३ रुपैयाँ, प्रतिवादी सनद कुमार द्वीवेदी ब्रह्मणलाई.२ लाख २७ हजार ५५६ रुपैयाँ मागदावी गरिएको छ ।