थप ६ जनामा कोरोना संक्रमण, १४७ जना सक्रिय संक्रमित


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
थप ६ जनामा कोरोना संक्रमण, १४७ जना सक्रिय संक्रमित

४ जेठ, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा ६ जना र ६१७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २३७ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार९२९ जना संक्रमणमुक्त भएका छन् ।