पर्वतमा जीप र बस ठोक्किदा जीप चालकको मृत्यु, १३ जना घाईते


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
पर्वतमा जीप र बस ठोक्किदा जीप चालकको मृत्यु, १३ जना घाईते

कुश्मा : पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जीपका चालक बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय लालबहादुर थापा मगर रहेका छन्। दुर्घटनामापरि १३ जना घाइते भएका छन्। घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ।
 
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बस ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। 

केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए। ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।