आफन्तबाटै यौन दुर्व्यवहार बढ्दो


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
आफन्तबाटै यौन दुर्व्यवहार बढ्दो

काठमाडौँ । विराटनगरकी पाँच वर्षीय महिमा अधिकारी (नाम परिवर्तन)लाई आफ्नै बुबाले यौन दुर्व्यवहार गरे । आमा घरमा नभएको समयमा उनी बुबाबाट यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । पछि उनले आमालाई घटनाबारे सुनाइन् ।

महिमा त एक उदाहरण मात्र हुन्, उनीजस्ता कयौँ बालिका तथा किशोरी आफन्तबाटै यौनजन्य दुर्व्यवहारमा पर्ने गरेका छन् । ओसीएमसीमा महिला, बालिकामात्रै नभएर किशोर तथा पुरुष पनि यौनशोषणमा परेको भन्दै प्रसूति गृहको ओसीएमसीमा उपचार, परामर्श र कानुनी उपचारका लागि आउने गरेका छन् ।

ओसीएमसीमा एचआईभी/एड्स लगायतका यौनजन्य रोगको सङ्क्रमण भयो कि भएन, यौन दुर्व्यवहार गर्नेलाई कसरी कानुनी कठघरामा उभ्याउन सकिन्छ भन्नेजस्ता उपचार÷परामर्श प्रदान गरिँदै आएको छ ।

लैङ्गिक तथा यौन हिंसाबाट प्रभावित, पीडित भई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा प्रभावित भएका बालबालिका, महिला, पुरुष र तेस्रो लिङ्गी ओसीएमसीमा सेवा लिन पुग्ने गर्छन् ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ओसीएमसीेमा गत आर्थिक वर्षमा मात्रै ६६६ जनाले सेवा लिन पुगेको इन्चार्ज सुकुमाया तामाङले बताइन् ।