४ जेठ,सुखड । कैलालीको जोशीपुर गाउँपालिका वडा नं ६ वडाध्यक्षमा नेकपा माओवादी केन्द्र भोजराज डगौरा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राम औतार कठरीयालाई पराजित गर्दै उनीले ८ सय ८८ मतका साथ विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार राम औतार कठरीयाले ४ सय ५६ मत ल्याएका थिए । त्यसै गरी महिला सदस्यमा रेखा कुमारी चौधरी ९ सय ४ मत, नेपाली काँग्रेस बाट दलित महिला सदस्यमा विष्णु नेपाली ४ सय ४९मत, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका खडक बहादुर चौधरी ८ सय ७१ मत र राजेन्द्र प्रसाद बडायक ९ सय ९ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर ६ मा २ हजार ५ सय ३९ मत खसेको थियो । यस अधि २०७४ को स्थानीय चुनावमा नेपाली काँग्रेसका नत्थु चौधरी विजय भएका थिए । नेपाली काँग्रेसको किल्ला भत्काउन नेकपा माओवादी केन्द्र सफल भएको हो । जुन वडा नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य नारायण मिश्रको हो ।