‘अवरोध हट्छ कि हट्दैन संसदमै थाहा हुन्छ’ – ओली


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
‘अवरोध हट्छ कि हट्दैन संसदमै थाहा हुन्छ’ – ओली

संघीय संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको हो।

छलफलपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले संसद चल्ने नचल्ने बारे पार्लियामेन्ट(संसद) मै थाहा हुने बताए।

आज संसद अवरोध हट्छ भन्ने प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’ स्रोतका अनुसार प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति र सचिवालयको वक्तव्यका विषयमा सम्बोधन गरेपछि एमालेले बैठक चल्न दिने सहमति छ।

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस वक्तव्यमा एमालेमाथि लगाइएको आरोप फिर्ता लिनुपर्ने एमालेको अडान थियो।

प्रतिनिधिसभाको बैठक सोमबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ।