पुनर्वास, ४ जेठ। पुनर्वास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
१५ सय मतगणना गर्दा कांग्रेसका तोयराज शर्मा ४५३ मत माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका जीवनराज थापाले ३७९ मत मत प्राप्त गरेका छन् । एमालेका पदमबहादुर पुजाराले २५५ मत हासिल गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ४८४ मतले अग्रता लिएकी छन् । कांग्रेसकी भुलिया रानाले ४४२ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी सुशिला खत्रीले २११ मत प्राप्त गरेकी छन् ।