कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव भएको छ। कैलालीमा ६९ किलोमिटर र कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गर्दै काम थालिएकोमा भुक्तानीका लागि बजेट अभाव भएको हो। हुलाकी राजमार्ग निर्देशनालय अन्तरगतको हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानीका लागि अभाव भएको बताएको छ।