यसरी ‘स्क्रिन टाइप’ अर्थात् मोवाइल,टिभी, ल्यापटप, ट्याव लगायतका स्क्रिनमा हेर्ने लत बालबालिकामा बढ्दै गएको छ । यसले उनीहरुको सामाजिक, शैक्षिक र सञ्चारमा पछि पर्ने कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्की सुनाउँछन् । डा. कार्कीका अनुसार लामो समयसम्म मोवाइललगायत स्क्रिन हेर्दा बालबालिकाको विकासमा चौतर्फी असर गर्न सक्छ । यस्तै, खानाको समय र सुत्ने समयमा मोवाइल चलाउनु हुन्न ।
विश्व स्वास्थ्य संगठन र अमेरिकी सरकारको अमेरिकन पेडियाट्रिक एसोसिएसको गाइडलाइनअनुसार ६ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई सकेसम्म मोबाइल चलाउन दिनु हुन्न । दुई वर्षभन्दा मुनिका बालबालिकालाई मोबाइल टिभी देखाउँदै नदेखाउने अर्थात् जिरो स्क्रिीन टाइम भनेर उल्लेख गरिएको छ ।
डा. कार्कीका अनुसार बालबालिकाले मोवाइल, टिभी, ट्याब, ल्यपटपमा समय बिताउँदा अन्य घरबाहिर गरिने क्रियाकलाप नगर्नुलाई स्क्रिीन टाइम भनिन्छ । यस्तै, निर्देशिकामा दुई वर्षभन्दा मुनिका बालबालिकालाई मोवाइल टिभी देखाउँदै नदेखाउने अर्थात् जिरो स्क्रिीन टाइम भनेर उल्लेख गरिएको छ ।
डिजिटल प्रविधि मोवाइल, टिभी लगायतबाट सामाजिकीकरण र प्रविधिसम्बन्धि सिकाइका लागि सहयोग हुने भएकाले सही तरिकाले प्रयोग हुने वातावरण सिर्जना गर्न उनको सुझाव छ ।
बालबालिकालाई स्क्रिन टायम
दुई वर्षसम्म मुनिका बालबालिकालाई मोवाइल, टिभी, कम्प्यूटर लगायतका कुनै पनि स्क्रिन हेर्न नदिन डा. कार्की सुझाव दिन्छन् । यस्तै,दुई वर्षदेखि चार वर्षका बालबालिकालाई दिनमा आधा घण्टादेखि एक घण्टामा सीमित गर्न उनको भनाइ छ । त्यसबेला कम्तिमा एकजना अभिभावकसँगै बसेर मोवाइलमा केके हेरिरहेका छन् ? बच्चाहरुलाई त्यसबारे वर्णन गरिदिनुपर्छ । त्यस्तै कथाको रुपमा बुझाउन कोसिस गरेमा धेरै नकारात्मक असर हुँदैन ।
यद्यपि ६ वर्ष मुनिका बालबालिकाले दैनिक ४/५ घण्टा मोबाइल अर्थात् स्क्रिन हेरेमा वृद्धि विकास, सामाजिक विकास र बोली अनि भाषाको विकासमा धेरै नराम्रो असर पर्न सक्ने उनको भनाइ छ ।
बालबालिकाले कस्तो गेम खेलिरहेका छन् प्रत्यक्ष निगरानी गर्नुपर्छ ।
१२ देखि १८ वर्ष समूहका बालबालिकालाई केही अभिभावकलाई भन्दा धेरै एपको बारेमा थाहा हुन्छ । मोवाइलमा कस्तो एप, गेम डाउलोड हुन्छ, टिभीमा के–के कार्यक्रममा आउँछ भन्ने उनीहरुलाई बढी थाहा हुन सक्छ ।
डा. कार्की भन्छन्, ‘त्यसमा नकारात्मक कुरा मात्रै भएर धेरै सकारात्मक कुरा बालबालिकाले पाउन सक्छन् । त्यहाँ शिक्षा, क्रिएटीभिटी अर्थात् विभिन्न थरिका क्रियाकलापको कुराहरु पनि आउँछ । यो उमेरका बालबालिकाले के के हेरिरहेका छन् भनेर अभिभावकले सुपरभिजन मनिटरिङ गरिरहनुपर्छ ।’
सिर्जनात्मक कुरामा ध्यान
डा. कार्कीका अनुसार ६ वर्षमुनिका बालबालिका मोवाइलमा भन्दा सिर्जनात्मक कुराहरुमा रमाउँछन् । त्यसैले उनीहरुलाई सुरुवाती समयदेखि नै खुवाउँदा, खेल्दा, भुलाउँदा मोवाइल नदेखाएर सिर्जनात्मक कुराहरुमा भुलाउनुपर्छ । खाना ख्वाउँदा मोवाइल नदेखाएर बालबालिकासँग कुरा गर्ने जस्तै, कौशी, बगैचामा लगेर ख्वाउने खेलाउने गर्नुपर्छ ।
मोबाइलमा बच्चाहरु बढी मग्न हुँदा अभिभावकलाई बच्चा भुलिराखेका छन् भन्ने हुन्छ । मोबाइल हेरेर बच्चाले मज्जाले खाना खाना खान्छ भनेर हेर्न दिनु राम्रो बानी होइन । डा कार्की भन्छन्, ‘बच्चाले खाने क्रममा ध्यान खानामा भन्दा मोबाइलमा के भइराखेको हुुन्छ भनेर दिन्छन् । उनीहरुले त्यसबेला खानाको स्वाद, खानाको रङबारे थाहै पाउँदैनन् ।’ खाना ख्वाउँदा खानामा मात्रै ध्यान केन्द्रित बनाएर बालबालिकालाई ख्वाउन उनको सुझाव छ ।
मानसिक स्वास्थ्यमा असर
धेरै समयसम्म मोवाइल हेर्दा बालबालिका अनिद्राको शिकार हुन्छन् । यस्तै, उनीहरुको खानपान,गृहकार्य गर्ने समय, खेल्ने, निदाउने तालिका बिग्रिनुका साथै उनीहरुमा बेचैनी बढ्दै जाने डा.कार्की बताउँछन् ।
लामो समयसम्म लगातार ४/५ घण्टासम्म बालबालिकाले मोबाइल हेर्दा भविष्यमा घातक हुन सक्छ ।
बच्चाहरु धेरै मोबाइलको सम्पर्कमा भए भने सही तरिकाले मानसिक विकास हुन पाउँदैन, यसले मस्तिष्क कमजोर बन्न सक्छ । यस्तै, मोबाइलबाट निस्कने रेडियो तरंगले दिमागमा गहिरो प्रभाव पार्न सक्ने उनले बताए । यसरी लामो समयसम्म मोबाइलमा झुन्डिएर बस्दा बालबालिकाहरु घर बाहिर निस्किदैनन् । खेलकुदमा रुची राख्दैननन्, जसले गर्दा घुलमिल तथा सामाजिक बन्न भविष्यमा समस्या पर्न सक्ने उनले सुनाए ।
यस्तै, शारीरिक विकासमा असर पर्नुका साथै मोटोपन, मधुमेह, स्क्रिनले आँखामा सोझो असर गर्न सक्ने लगायतका रोगहरुले सत्ताउन सक्ने डा. कार्की सुनाउँछन् । उनले भनिन्, ‘बच्चाले लामो समयसम्म मोवाइल चलाएर निदाउँदा मुटुको नजिक राख्न सक्छन्, उनीहरुलाई सिरानीमुनि राखेर सुत्न दिनु हुँदैन । जसले समस्या आउन सक्छ ।’
खेल्दै, सिक्दै
बालबालिकालाई मोबाइल नदिएर खेल्दै सिक्दै समयबिताउने वातावरण बनाउनुपर्ने डा.कार्की सुझाउँछन् । ६ वर्षमुनिका बालबालिकालाई कथाको कितावहरुसँगै पढाउँदै ख्वाउने, सिकाउने खेल्ने बानी बसाल्नु पर्छ । उनी भन्छन्, ‘जस्तै बालबालिकाले कुनै पेपर अर्थात् पत्रिका च्यात्न सुरु गर्योभने अभिभावकले च्यात्न हुँदैन, किन यस्तो गरेको भनेर हकार्छन् । तर, यो उमेर समूहका बालबालिकाले जुन क्रियाकलाप गरेका छन्, त्यस क्रियाकलापलाई अभिभावकले पनि त्यही पत्रिका च्यात्न सहयोग गरी खेल्नुपर्छ ।
त्यसरी अभिभावकले पनि बच्चासँगै पत्रिका च्यात्न सुरु गरेमा त्यो गेम अर्थात् क्रियाकलाप हुन्छ ।त्यसपछि बालबालिकालाई आमाबुवा आफूतिररुची देखाइरहेको भन्ने लाग्छ । त्यसपछि बिस्तारै आमाबुवाले अर्को गेम खेलाउन सक्छन् ।’ यसरी अभिभावकले सिकाएको कुरा उनीहरुले मान्छन् ।