क्यान्सरबारे जनचेतना जगाउन नग्न भए २५ सय जना स्वयंसेवक


[ss_social_share]
लेखक : admin      १२ महिना अगाडि मा प्रकाशित     
क्यान्सरबारे जनचेतना जगाउन नग्न भए २५ सय जना स्वयंसेवक

छालाको क्यान्सरबारे जनचेतना जगाउने एक कलाका लागि करिब २५ सय स्वयंसेवकहरू सिड्नीको बोन्डी तटमा नग्न बनेका छन् । अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकको पछिल्लो परियोजना अस्ट्रेलियन नागरिकहरूलाई नियमित रुपमा छालाको क्यान्सरको जाँच गराउन उत्प्रेरित गर्नका लागि लक्षित रहेको छ ।

यो तटमा नग्न हुन लागि हालै मात्र त्यहाँको कानुन परिवर्तन गरिएको थियो । विश्व क्यान्सर रिसर्च फन्डका अनुसार अस्ट्रेलिया छालाको क्यान्सरबाट सबैभन्दा प्रभावित देशमा पर्दछ । स्किन चेक च्याम्पियन्स नामक संस्थाको सहकार्यमा गरिएको यो कला प्रदर्शनमा बिहान ३ः ३० बजेदेखि स्वयंसेवकहरू तटमा भेला भएका थिए । टुनिक विश्वका चर्चित स्थानहरूमा नग्न कला प्रदर्शनीका लागि चिनिन्छन् ।–बीबीसी