महानगरद्धारा खुल्ला रुपमा आगो बाल्न निषेध; जनस्वास्थ्यमा असर


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
महानगरद्धारा खुल्ला रुपमा आगो बाल्न निषेध; जनस्वास्थ्यमा असर

काठमाडौँ, २५ कात्तिक । काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाभित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो ।

खुल्ला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यहरुले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ ।