बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

 

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाए । कप्तान बाबर आजम ३३ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । योसँगै टि२० विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ ।

मोहम्मद हरिस १८ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । शन मसुद १४ बलमा २ चौकासहित २४ रनमा अविजित रहे । बंगलादेशका नासुम अहमद, सकिब अल हसन, मुश्ताफिजुर रहमान र एबादोत हसनले एक एक विकेट लिए ।

 

त्यसअघि एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए ।

 

ओपनर लिटन दास ८ बलमा १ छक्कासहित १० रनमा आउट भए । उनी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीका बलमा शन मसुदबाट क्याच भए । सौम्य सरकार १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए ।

 

स्पिनर शादब खानको बलमा मसुदबाट क्याच भएका थिए । शादब खानले सकिब अल हसनलाई एक रनमा एलबीडब्लू आउट गरे । त्यसपछि शाहिन शाह अफ्रिदीले बंगलादेशको मध्यक्रम धरासयी बनाए । मोसाद्देक हसन ५, नुरुल हसन शून्य र तस्किन अहमदले एक रन बनाए । अफिफ हुसैन २० बलमा ३ चौकासहित २४ रनमा अविजित रहे ।

 

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । शादब खानले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हरिस रौफ र इफ्तिखार अहमदले एक एक विकेट लिए ।

 

सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।

सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । पाकिस्तान ५ खेलमा ३ मा जित र २ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । भारत विजयी हुँदा समूह विजेता बन्नेछ । पराजित हुँदा उपविजेता बन्नेछ ।

 

पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ । फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।