विशेषज्ञ सेवासहित २४ घण्टा सेवा सुचारु, ३ दिने नि:शुल्क स्वास्थ्य शिविर


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
विशेषज्ञ सेवासहित २४ घण्टा सेवा सुचारु, ३ दिने नि:शुल्क स्वास्थ्य शिविर

धनगढी : कैलालीको अत्तरियामा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आउदै छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा विपन्न परिवारदेखि भिभिआईपीसहितको उपचार रह्ने अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको छ ।

अस्पतालले सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लाका बिपन्न,गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी प्रदेशमै गुणस्तरीय सेवा दिने उदेश्यका साथ २४ घण्टा सेवासहित अत्तरियामा अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले बताए ।

बुद्ध जयन्तीको अवसर पारेर अस्पतालले बुधबारदेखि ३ दिने बृहत स्वास्थ्य शिविरको आयोजना रहेको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले जानकारी दिए । उपचारका लागि आउने बिरामीलाई जनरल फिजिसियन ल्याप्रोस्कोपी सर्जरी ,अर्थोपेडिक तथा नशा रोगको ओपिडी अर्थात परामर्श नि:शुल्क रहने छ । ल्याब टेस्टमा २० प्रतिशत छुट रहने अस्पतालले जनाएको छ ।

यस्तै अस्पतालमा आधुनिक उपचारका उपकरणहरु युएसजी मेशिन, ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, डाईलासिस, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, डायलसिस, दूरबिनबाट पत्थरी, एपेन्डी साइटिसलगायतको सम्पूर्ण शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा ३ वटा अत्याधुनिक अपरेसन कक्ष रहेका छन् । जसमा सामान्य, जटिल र अति जटिल अत्याधुनिक अपरेसन कक्ष रहेका छन् ।

अस्पतालमा आईसियु, एनआईसियु सेवा, बिरामीहरूको सहजताका लागि घरायसी बातावरण भएको वातानुकूलित सुबिधा सम्पन्न क्याबिन, महिला पुरुषका लागि छुट्टाछुट्टै जनरल वार्डसहितको व्यवस्था रहेको छ । ब्यक्तिगत सुरक्षा र स्तरीय सेवा अभावले बाहिर चेकजाचका लागि काठमाडौं, विदेश जाने भिभिआईपीलाई समेत लक्षित गरि छुट्टै तलामा पारिवारिक वातावरण, किचन, शारीरिक व्यामको व्यवस्थासहित स्तरिय सेवा दिने उदेश्य रहेको हस्पिटलका कार्यकारी प्रमुख पाठकले बताए ।

हस्पिटलमा काठमाडौं बाहिरका अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरि यस क्षेत्रका नागरिक लाभान्वित हुने अस्पतालले जनाएको छ ।