कैलालीको भजनीमा रोचक मतपरिणाम सार्वजनिक, सबै पदमा सबै दलको उस्तैउस्तै मत


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
कैलालीको भजनीमा रोचक मतपरिणाम सार्वजनिक, सबै पदमा सबै दलको उस्तैउस्तै मत

कैलालीको भजनी नगरपालिकामा रोचक मत परिणाम सार्वजनिक भएको छ । यहाँ पाँच दल चुनावी मैदानमा छन् । उनीहरूले विभिन्न पदमा समान मत पाएका छन् । रेशम चौधरीले नेतृत्व गरेको रेसम चौधरीको पार्टी नागरिक उन्मुक्तिले सर्वाधिक मत पाएको छ ।

मत परिणाम अनुसार सातै पदमा एउटै मत छ । उनीहरू सबैले ४३२ मत पाएका छन् । दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्र उपप्रमुख बाहेक ६ पदमा उम्मेदवारी दर्ता गरेको थियो ।

ती सबै पदमा पनि समान २२२ मत प्राप्त भएको छ । त्यस्तै कांग्रसले उपप्रमुखमा मात्रै उम्मेदवारी दिएको छ । माओवादीले पाएको समान मत काँग्रेसको उपप्रमुखले पनि पाएका छन् ।त्यस्तै जनता समाजवादी पार्टीले सातै पदमा समान १५४ र नेकपा एमालेले पनि सातै पदमा समान १३६ मत पाएको छ । यो मत परिणाम ९४४ मत गणना गर्दा सम्मको हो ।