चिकित्सकलाई दुर्व्यवहार एक पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
चिकित्सकलाई दुर्व्यवहार  एक पक्राउ

जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका-५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए । उनलाई चिकिक्सकमाथि दुर्व्यवहार गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा. जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।

ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।