१२ सय रुपैयाँले घट्यो सुनको मूल्य


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २५ असोज ।

सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य म‌गलबार १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।