बाढीपहिरोमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
बाढीपहिरोमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत

 दार्चुला, ४ असाेज । दार्चुलामा भदौ २४ गते शुक्रबार राति बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भयो। जिल्लामा १० जना अझै बेपत्ता छन्। उनीहरुको खोजी सम्भव नरहेको स्थानीय प्रशासनले बताएको छ। 

जिल्लामा एक सय परिवार प्रभावित भएका छन्। उनीहरुका लागि दैनिक खाना, बासस्थान, लुगाकपडामा स्थानीय तह र स्थानीय प्रशासन लागेको छ। तर मृतकका परिवारलाई प्रदेश सरकारले दिने भनेको जनही एक लाख र संघीय सरकारले पठाएको २ लाख रकम वितरण भएको छैन। 

सुदूरपश्चिम प्रदेश सरकारले २७ लाख जिल्ला प्रशासन कार्यालयको खातामा पठाएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रदेश सरकार र संघीय सरकारबाट रकम आएको भएपनि वितरण नभएको बताए। ‘तथ्यांक संकलनको काम जारी छ। वितरण गर्न बाँकी छ’ उनले भने, ‘गृह मन्त्रालयलाई बेपत्ता भएकाहरुलाई पनि मृतक सरह राहत वितरणका लागि निर्णय गर्न भनेका छौं। निर्णय आएपछि र तथ्यांक पूरा भएपछि वितरण गर्छाै।’