एसपीएको सम्मान: कलाकारहरु प्रदीप खड्का, गुरुङ र सेनलाई


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
एसपीएको सम्मान: कलाकारहरु प्रदीप खड्का, गुरुङ र सेनलाई

धनगढी,३१ भाद्र। नेपाली चलचित्र क्षेत्रका प्रशिद्ध कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी९एसपीए० कलेजले सम्मान गरेको छ ।
एसपीए कलेजको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई दोसल्लासहित सम्मानपत्रमार्फत सम्मान गरिएको हो ।

एसपीएको बीबीएस कार्यक्रम निर्देशक रघुनाथ जोशी तथा प्लस टू तथा एमएड कार्यक्रम निर्देशक रमेश जोशीले उहाँहरुलाई दोसल्ला र सम्मापत्रसहित सम्मान गर्नुभएको थियो।कलाकारिता क्षेत्रबाट देशका कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलाकारद्वय खड्का र गुरुङ तथा निर्माता सेनलाई सम्मान गरिएको हो । ‘कलाकार भनेको राष्ट्रका गहना हुन् । उहाँहरुको माध्यमबाट देशको कला संस्कृतिको उत्थान हुनुका साथै आम युवाहरु प्रेरित हुने गर्छन्,’ सम्मान कार्यक्रममा बीबीएस निर्देशक जोशीले भन्नुभयो, ‘सुदूरपश्चिममा आउनुभएको अवसरमा हामीले राष्ट्रका गहनालाई सम्मान गर्ने संस्कार बसालेका छौं।उहाँहरुले आगामी दिनमा थप युवा उप्रेरित चलचित्रमार्फत देशविकासमा योगदान पुर्याउँने विश्वास लिएका छौं ।’ सम्मान कार्यक्रममा कलाकारहरुले विधार्थीहरुसँग आफ्नो संघर्ष, जीवनउतार चढाव र उप्रेरित शब्दहरुसहित अन्र्तक्रिया गर्नुभएको थियो । सम्मानपछि बोल्दै नायक प्रदीप खड्काले एसपीए कलेजले गरेको न्यायो आथित्यताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सयौं विधार्थीहरुसँग अन्र्तक्रिया गर्न पाउँदा हर्षित महसुस भएको बताउँनुभयो । देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको एसपीए कलेज अमेरिकामा हुने ग्रीन कलेज अवार्डको पनि मनोनयनमा परेको छ ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ।सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।