कैलालीमा ४३ प्रतिशत मत खस्यो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
कैलालीमा ४३ प्रतिशत मत खस्यो

धनगढीः कैलालीमा अहिलेसम्म कूल ४३ प्रतिशत मत खसेको छ। १३ स्थानीय तह रहेको जिल्लामा हालसम्म २ लाख २८ हजार २२९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु जानकारी दिए।कैलालीमा ५ लाख २५ हजार १२५ हजार मतदाता रहेको छन्। कूल मतदातामध्ये २ बजेसम्मको अपडेट अनुसार ४३ प्रतिशत मतदाताले मतअधिकार प्रयोग गरिसकेका छन्। मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सभागिता देखिएको मतदान अधिकृतहरुले बताएका छन्।कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका छन्।