देशभर ३ सय जना कोरोना संक्रमित थपिए


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
देशभर ३ सय जना कोरोना संक्रमित थपिए

काठमाडौं २१ भाद्र । पछिल्लो २४  घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार  थप  ४ हजार ५ सय ९० नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा १ जना गरी उपत्यकामा १ सय १८ जना संक्रमित थपिएका छन्।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ रहेको छ। त्यसैगरी आइसीयूमा ३५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन्। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।