धनगढी पुगेर प्रचण्डले भनेः माओवादीले ६० र काँग्रेसले ८० सिट पाउने विश्वास छ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
धनगढी पुगेर प्रचण्डले भनेः माओवादीले ६० र काँग्रेसले ८० सिट पाउने विश्वास छ

धनगढी, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बुधबार) सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन्। आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन्। माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे। ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने।यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए।