घट्यो सुनको मूल्य, प्रति तोला कति ?


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
घट्यो सुनको मूल्य, प्रति तोला कति ?

काठमाडौं,१६ भदौ । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ ।भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।