‘दुई नम्बरी’ गीतमा सौगात र उपासनाको प्रेम


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
‘दुई नम्बरी’ गीतमा सौगात र उपासनाको प्रेम

आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक थिमको गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभाव बोल्छ । 

गीतको भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । सौगातले उपासनासँग विताएका प्रेमिल क्षणका दृश्यहरु भिडियोमा बढी समावेश छन् । गीतमा सौगात र उपासनाको केमेस्ट्री सुहाएको देखिन्छ । पहिलो पटक यी दुईले एकसाथ फिल्ममा काम गरेका हुन् । गीतको अडियो पक्ष बलियो छ । सौगातको भिन्न गेटअप दर्शकलाई हलसम्म तान्ने अस्त्र बन्न सक्नेछ ।

‘कबड्डी ४’पछि दयाहाङ र सौगात एकसाथ देखिएकाले ‘दुई नम्बरी’को दर्शकमा ठूलो प्रतिक्षा छ । फिल्मले उनीहरुको मित्रताको कथा भनेको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् । किरणले यसअघि फिल्म ‘पोइ पर्‍यो काले’को निर्माण गरेका थिए, जुन सफल भएको थियो ।

फिल्मको निर्देशन तथा लेखन दीपेन्द्र लामाको हो । सरोज नेपाली कार्यकारी निर्माता रहेको यस फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ । यो फिल्मबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।